खेर गइरहेको छतलाई के कामको प्रयोगमा ल्याउन सकिन्छ ?

Published on: Jun 23, 2024


खेर गइरहेको छतलाई के कामको प्रयोगमा ल्याउन सकिन्छ ?

१. छतलाई कोठाको रुपमा प्रयोग गर्ने

छतलाई कोठाको रुपमा प्रयोग पनि गर्न सकिन्छ । उदाहरणको लागि छतमा प्रिफ्याबको प्यानलहरू जडान गरी एउटा कोठाको रुपमा निकाल्न सकिन्छ । यसरी कोठा बनाउँदा त्यसमा स्टील पाइप वा च्यानल वा आइ सेक्सनको पिलर दिइन्छ र त्यसैगरी बिम पनि दिइन्छ । प्लेन सिलिङ देखाउनको लागि फल्स सिलिङको प्रयोग गरिन्छ । छतको छाना चाहिँ यू पी भी सी को राख्न् उपयुक्त हुन्छ किनभने यो धेरै टिकाउ पनि छ र अन्य छानाको तुलना रङ उप्कनेऽ खुइलिने आदि हुँदैन ।


२. सोलार रुम बनाउने


यदि तपाईँको घर हिमाली क्षेत्रमा छ भने सोलार रुम तपाईँलाई एउटा उत्तम विकल्प बन्न सक्छ । छतमा भएको सोलार रुममा बसेर तपाईँले घाम ताप्न सक्नुहुन्छ । सोलार रुममा तपाईँले सबै तिर सिसाले बारेर प्रयोग गर्नुहुन्छ । कम मोटाइको टफन्ड ग्लास यसको लागि सबैभन्दा उपयुक्त विकल्प हो । टफन्ड ग्लासले सिसा भित्र घामको किरण छिर्न दिन्छ तर हावा छिर्न दिँदैन । हिमाली क्षेत्रमा जाडोको समयमा यदि तपाईँले हावा रहित भएर घाम ताप्न पाउनुभयो भने छतको त्यो भन्दा राम्रो प्रयोग अर्को कुनै हुन सक्दैन ।

३. छतमा ओपन बार बनाउने


बार भनेको विदेशी तथा स्वदेशी मदिरापान गर्ने ठाउँ हो । छतमा बारको डिजाइन एउटा यूरोपियन कन्सेप्ट हो । आजभोलि यो कन्सेप्ट नेपालमा पनि भित्रिरहेको छ । तपाईँले छतमा सानो ठाउँमा बारेर त्यसमा मदिरा राख्ने ठाउँ अनि बाँकी स्पेशलाई ओपन गरेर राम्रो डिजाइनको सोफा टेबल अथवा टेबल कुर्सी पनि राख्न सक्नुहुन्छ ।

४. गार्डेन बनाउने


 खेर गइरहेको छतलाई गार्डेन बनाएर प्रयोग गर्न सकिन्छ । छतमा भएको हरियो गार्डेनले शान्त र सौम्य वातावरण बनाउन सघाउँछ । छतमा घाँस धेरै भएको गार्डेन भयो भने फोहोर हुन्छ तर जापानीज स्टाइलको गार्डेनमा माटोको फोहर पनि कम हुन्छ । जापानीज गार्डेनमा रङ्गी बिरङ्गी साना ढुङ्गाहरुको प्रयोग हुन्छ । जापानीज गार्डेनलाई नेपाली टच दिनको लागि त्यसमा गमलाहरू राख्न पनि सकिन्छ । सानो फाउण्टेन पनि राखियो भने यो छतको गार्डेन धेरै नै आकर्षक देखिन्छ ।

FAQ – छतको सदुपयोग सम्बन्धी प्रश्नहरू

१. छतलाई कोठाको रूपमा प्रयोग गर्न सकिन्छ ?
हो, छतलाई पूर्ण रूपमा कोठाको रूपमा प्रयोग गर्न सकिन्छ। प्रिफ्याब प्यानल, स्टील पाइप, च्यानल वा आई–सेक्सन प्रयोग गरी पिलर र बिम तयार गरेर सुरक्षित र टिकाउ कोठा निर्माण गर्न सकिन्छ।

२. छतमा बनाइने कोठाको छाना कुन सामग्रीको उपयुक्त हुन्छ ?
छतमा बनाइने कोठाका लागि UPVC रूफिङ सबैभन्दा उपयुक्त हुन्छ। यो टिकाउ हुन्छ, रङ उत्रिँदैन र अन्य छानाको तुलनामा लामो समयसम्म राम्रो अवस्थामा रहन्छ।

३. सोलार रुम भनेको के हो ?
सोलार रुम भनेको छतमा बनाइने सिसाले घेरिएको कोठा हो, जहाँ घामको किरण सजिलै भित्र प्रवेश गर्छ तर चिसो हावा प्रवेश गर्दैन। यो विशेषगरी हिमाली तथा चिसो क्षेत्रमा अत्यन्त उपयोगी हुन्छ।

४. सोलार रुम बनाउन कुन प्रकारको सिसा प्रयोग गरिन्छ ?
सोलार रुमका लागि कम मोटाइको टफेन्ड ग्लास प्रयोग गरिन्छ। यसले घाम भित्र छिर्न दिन्छ तर बाहिरी हावा प्रवेश गर्न दिँदैन, जसले कोठालाई न्यानो बनाइराख्छ।

५. छतमा ओपन बार बनाउनु सुरक्षित हुन्छ ?
हो, सही डिजाइन र संरचनागत मजबुती दिइएमा छतमा ओपन बार बनाउनु सुरक्षित हुन्छ। सानो बार काउन्टर र खुला बस्ने ठाउँ राखेर आधुनिक र आकर्षक डिजाइन तयार गर्न सकिन्छ।